दफा १२
माग दाबी प्रस्तुत गर्ने
: (१) श्रम ऐन, २०४८ को दफा ७४ को उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि आधिकारिक ट्रेड यूनियनको कार्य समितिले कामदारहरुको तर्फबाट सामूहिक सौदावाजी गर्न तोकिएको संख्यामा आफना प्रतिनिधिहरुको नाम खुलाई लिखित रुपमा व्यवस्थापक समक्ष माग दाबी प्रस्तुत गर्न सक्नेछ ।
(२) श्रम ऐन, २०४८ को दफा ७६ मा लेखिएको प्रकृया पूरा नगरी आधिकारीक ट्रेड यूनियनले प्रतिष्ठानमा हडताल गर्ने वा त्यसलाई सघाउ पुर्याउने किसिमका कुनै पनि काम गर्न हुँदैन ।
(२) श्रम ऐन, २०४८ को दफा ७६ मा लेखिएको प्रकृया पूरा नगरी आधिकारीक ट्रेड यूनियनले प्रतिष्ठानमा हडताल गर्ने वा त्यसलाई सघाउ पुर्याउने किसिमका कुनै पनि काम गर्न हुँदैन ।